नेपाल प्रिमियर लिग क्रिकेट
नेपाल प्रिमियर लिग : पोखराले पहिले बलिङ गर्ने
आइतबार, ३० मङ्सिर २०८१, १२ : ४७
_JtLpsBqZhI.jpg)
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । खेल दिउँसो एक बजे त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछ ।
खेलमा पोखराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । पोखराको यो अन्तिम खेल हो । उसले हालसम्म दुई खेलमात्र जितेको छ ।
सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । आठ अङ्क बटुलेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । शनिबार भएको जितसँगै चितवनले ८ अङ्क जोडेसँगै पोखरा र विराटनगर औपचारिक रूपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।
सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ । यद्यपि टोलीले दुई खेल खेल्न बाँकी नै रहेकोले आजको खेल हारे पनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
-
विनाशकारी भूकम्पको संघारमा भारत