नेपाल प्रिमियर लिग : शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्सको नजर

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । खेल दिउँसो एक बजे त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछ ।
यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको पोखराको यो अन्तिम खेल हो । उसले दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । आठ अङ्क बटुलेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । शनिबार भएको जितसँगै चितवनले ८ अङ्क जोडेसँगै पोखरा र विराटनगर औपचारिक रूपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।
सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ । यद्यपि टोलीले दुई खेल खेल्न बाँकी नै रहेकोले आजको खेल हारे पनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ ।
ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक जगत टमटा हुन् ।
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म