आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय

म्याङ्गोका संस्थापक इसाक एन्डिकको निधन

आइतबार, ३० मङ्सिर २०८१, १२ : ३३
आइतबार, ३० मङ्सिर २०८१

इस्तानबुल । अर्बपति व्यापारी फेशन चेन म्याङ्गोका संस्थापक इसाक एन्डिकको मृत्यु भएको छ । शनिबार बार्सिलोना नजिक गुफामा भएको दुघर्टनामा ७१ वर्षका एन्डिकको निधन भएको हो । स्पेनी सञ्चार माध्यमहरूले बताएअनुसार एन्डिक गुफा क्षेत्रमा हाइकिङको क्रममा खोँचमा खसेर उनको मृत्यु भएको हो ।

उक्त हाइकिङमा एन्डिक आफ्ना छोरा र परिवारका अन्य सदस्यहरूसँग गएको एल पाइस पत्रिकाले भनेको छ । एन्डिकले सन् १९८४ मा आफ्नो दाजु नहमानको मद्दतमा म््याङ्गोको स्थापना गरेका थिए । अहिले विश्वका १२० देशमा म्याङ्गोका ३ हजार आउटलेट छन् । फोब्सका  अनुसार एन्डिकको नेटवर्थ करिब साढे ४ अर्ब डलर छ ।

एन्डिक साल्नित्रे दि कोलबातो केभ्स क्षेत्रमा १५० मिटर गहिरो खोँचमा खसेका थिए । एन्डिकको निधनले फेसन उद्योगमा ठूलो रिक्तता उत्पन्न गरेको म्याङ्गोका सीईओ टोनी रुइजले एउटा विज्ञप्तिमा भनेका छन् । एन्डिकको निधनको पूष्टि स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले पनि गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप