आईरिस प्रणाली लागू गर्न वैदेशिक रोजगार विभागले तोक्यो अन्तिम मिति

काठमाडौँ । वैदेशिक रोजगार विभागले आगामी ३ पुसपछि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको छ । पटक पटक सूचना जारी गर्दै स्थगित गर्दै आएको विभागले अन्तिम पटक मिति तोकेको हो । उक्त मितिमा जसरी पनि आईरिस सिस्टम लागू गर्ने विभागले जनाएको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ । बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो । सोही आधारमा विभागले गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको थियो । तर, उक्त मितिमा लागू हुन सकेन । विभागले अहिले आईरिस र बायोमेट्रिक दुवै सिस्टम लागू भइरहेको जनाएको छ ।
विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ । जसले गर्दा हालसम्म हुँदै आएका अनियमितामा पूर्ण रोक लाग्ने विभागको अपेक्षा छ । विभागका इन्जिनियरले अध्यागमन विभाग, राहदानी विभाग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरेर उनीहरूको सिस्टमसँग जोडेको विभागले जनाएको छ ।
हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घले व्यवसायीले झन्डै १३ करोड खर्च गरेर थप भौतिक पूर्वाधारसहितका उपकरण जडान गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक