पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भयो : समाजवादी प्रेस संगठन

काठमाडौँ । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । अध्यक्ष विश्वमणि सुवेदीले आइतार जारी गरेको विज्ञप्तिमा मतगणनाक्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको घटनाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘निर्वाचन समितिले निर्वाचन मत प्रविष्ट गराइरहँदा राज्यसत्ताको दुरुपयोग गर्दै प्रहरीको कमाण्डसहित केन्द्रीय कार्यालय पुगेर मतगणनामा सरिकहरूलाई पनि बाहिर निकालेर तालाबन्दी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कैयौँ उम्मेदवारहरू पनि भएको अवस्थामा एकाएक तालाबन्दी गर्ने र मतगणना प्रभावित पार्ने सत्ता गठबन्धनको अभ्यासका विरुद्ध हामी खेद प्रकट गर्दछौँ ।’
यस्तै, अछाममा मतगणना भइरहँदा सुदूरपश्चिम प्रदेश समितिमा महासचिवका उम्मेदवार हरि जोशी जित्ने निश्चितता भएपछि प्रतिनिधि नराखी एकलौटी मतगणना गरेर राज्यसत्ताको दुरुपयोग गर्ने काम भएको विज्ञप्तिमा जिकिर गरिएको छ ।
यस्तो कार्यको विरोध गर्दै विज्ञप्तिमार्फत अर्को मतगणनाका लागि विभिन्न संगठनहरुले गरेको निवेदनमा तत्काल सुनुवाइ गर्न माग गरिएको छ । अन्यथा समाजवादी प्रेसले यसको प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।
तर निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले निर्वाचन निष्पक्ष भएको भन्दै शंका नगर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर
-
चिया सम्मेलन गर्ने निर्णयबाट पछि हट्यो कोशी सरकार
-
इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह
-
गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट
-
यस्तो छ ‘अञ्जिला’ को गीत ‘यो देशको झण्डा’
-
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ