एकीकृत समाजवादीले संविधान संशोधनबारे धारणा बनाउने

काठमाडौँ । पार्टीको बार्षिक कार्ययोजना र नेताहरुको कार्यविभाजन गरेर नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार सकिने भएको छ ।
गत बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालले पेश गरेको ‘आन्दोलनद्धारा पार्टी निर्माण’, शीर्षकको कार्ययोजनामाथि स्थायी समिति सदस्यहरुले शनिबार धारणा राख्नेक्रम सकिएको छ ।
आइतबार बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले धारणा राखेपछि नेताहरुको कार्यविभाजन समेत गरेर बैठक समापन गर्ने तयारी रहेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
आइतबारको बैठकमा उपाध्यक्ष जगन्नाथ खतिवडा,जयन्ति राई गङ्गालाल तुलाधर, नेताहरु चन्द्रबहादुर शाही,गणेश बिक,माधव पौडेल,गरिमा शाह,कल्याणी खडका,विजय पौडेल,नागेन्द्र चौधरी,बलराम बाँस्कोटा,विश्वनाथ प्याकुरेल,रामचन्द्र यादव,शत्रुधन महतो, साध्य बहादुर भण्डारी,जीवनराम श्रेष्ठ,श्रीप्रसाद साह र भरत श्रेष्ठले धारणा राखेका थिए ।
धारणा राख्ने अधिकांश नेताहरुले पार्टी निर्माण गर्न सवैलाई उचित जिम्मेवारी दिएर नेता कार्यकर्ता परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
‘संघर्ष गरेर पार्टी निर्माण गर्ने भन्ने महासचिवको कार्यायोजनामा केन्द्रीत भएर छलफल भएको छ’, नेता जीवनराम श्रेष्ठले भने, ‘जनता र राष्ट्रका मुद्दा उठाउनुपर्छ भन्नेमा सवैको साझा मत देखिएको छ ।’
बैठकले ठोस योजनाहरु अघि सार्ने भन्दै श्रेष्ठले संसद र संविधान संशोधनका विषयमा समेत पार्टीको धारणा तय गर्ने बताए । ‘अहिले संसदको कम्पोजिसनले राष्ट्रिय समस्या समाधान गर्छ गर्दैन ? गर्दैन भने यसको विकल्प के हुनसक्छ ?यस विषयमा पनि पार्टीको धारण बन्छ’, श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति
-
राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री पौडेल
-
तीनकुने घटनामा ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
विधिवत विदा भएको राजतन्त्र फर्कने सम्भावना छैनः डा. भट्टराई
-
राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए : गृहमन्त्री लेखक
-
उद्योगमा लोडसेडिङ अन्त्य भएको भन्दै नेपाल धागो उत्पादक संघ हर्षित