नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ ।
अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो । यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत् शल्यक्रिया गरिन्छ ।
यो प्रविधिअनुसार शल्यक्रिया गर्दा चिरफार गर्नु नपर्ने, समय कम लाग्ने, रगत निकै न्यूनमात्रामा बग्ने र भोलिपल्टैदेखि बिरामी हिँडडुल गर्न सक्ने डा. झाले बताए । यस्तै, चिरफार गर्दा बिरामी नियमित काममा फर्कन कम्तीमा ३ साता लाग्ने गरेकोमा मिनिमल इन्भेजिभ स्पाइन सर्जरी गर्दा बिरामी १०–१२ दिनमै नियमित काममा फर्कन सक्ने उनको भनाइ छ ।
मेरुदण्डको समस्या औषधि खाँदा पनि कम नहुने र प्यारालाइसिस हुन थाल्यो भने यो विधिबाट शल्यक्रिया गर्न सकिने डा. झाले बताए । ‘यो नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा संक्रमण पनि हुँदैन र अस्पताल पनि दुई दिनभन्दा बढी बस्नु पर्दैन,’ डा. झाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म