सिरियाको विद्रोही समूहसँग प्रत्यक्ष सम्पर्कमा रहेको अमेरिकाद्वारा स्वीकार
आइतबार, ३० मङ्सिर २०८१, ०९ : ४६

वासिङ्टन । सिरियामा बशर अल असदको सरकारलाई सत्ताच्युत गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)सँग प्रत्यक्ष सम्पर्कमा रहेको पहिलो अमेरिकाले पटक स्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनमा यो टिप्पणी गरेका हुन्।
‘हामी एचटीएस र अन्यसँग सम्पर्कमा छौँ,’ उनले भने। तर, अमेरिकाले हयात तहरीर अल–शामलाई आतङ्कवादी संगठन घोषणा गरेको छ ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीले क्षेत्रीय शक्तिहरूले सिरिया ‘अराजकताको अवस्थामा‘ नपुगोस् भन्ने चाहेको बताएका छन्।
हालै सिरियामा एचटीएसको नेतृत्वमा विद्रोही समूहले बसर अल-असदको सरकारलाई हटाएका थिए। त्यसपछि सिरिया स्वतन्त्र भएको घोषणा गरिएको थियो ।
यस अवधिमा बशर अल-असद देशबाट भागे । उनलाई हाल रुसले शरण दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
६० वर्षीय अमिरकी तेस्रो प्रेमिका गौरी को हुन् ?
-
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी शुरु
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ