गाजामा इजरायली हवाई आक्रमण, मेयरसहित २२ जनाको मृत्यु

गाजा । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासले मारिनेमा मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर पनि रहेको जानकारी दिएको छ।
त्यहाँ १३ जनाको मृत्यु भइसकेको छ भने १० जना उपचारका लागि आएको चिकित्सकहरुले बताएका छन् । त्यस्तै गाजाको एक विद्यालयमा एक महिला र उनको बच्चासहित सात जनाको मृत्यु भएको छ। इजरायलले उक्त विद्यालयलाई हमासले आफ्नो आधारको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ। इजरायलले धेरै पटक विद्यालयलाई हमासले आफ्नो आधारका लागि प्रयोग गरिरहेको बताएको छ, तर हमासले यसलाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो ।
गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प हुन सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री
-
६ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस