आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय

मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : अध्यक्ष नेपाल

आइतबार, ३० मङ्सिर २०८१, ०९ : ३७
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । 

धान्य पूर्णिमा, उँधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा अध्यक्ष नेपालले मौलिक विशेषता भएका फरक सांस्कृतिक पर्वले नेपाली समाजलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन मद्दत पुग्ने बताए । 

बहुभाषिक एवं बहुसांस्कृतिक हाम्रो मुलुकमा विविध जातजातिका भाषा, साहित्य, कला र रहनसहनले समग्र राष्ट्रलाई सुसंस्कृत बनाउन मद्दत पुग्ने बताउँदै सन्देशमा पूर्वप्रधानमन्त्री नेपालले सम्बन्धित समुदायले पनि आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक एकता, पारस्परिक सम्मान अभिवृद्धि गरी आर्थिक विकासको मार्गमा अग्रसर हुन चाडपर्व सहयोगी हुने विचार पनि व्यक्त गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप