तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
आइतबार, ३० मङ्सिर २०८१, ०९ : ०५
तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।
पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए । साथै उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गरे । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो ।
गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएको स्थानीय प्रशन्न अधिकारीले बताए ।
यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारको लागि कानुन ल्याउन सरकारसमक्ष प्रभु साहको माग
-
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् साकेला उँधौलीको रौनक (फोटोफिचर)
-
मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख देवकोटा
-
अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता
-
शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु