गलैँचा र मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

दाङ । दाङस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् ।
घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।
घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।
“उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प