फेसन
तस्बिरमा हेर्नुहोस् ग्लाम नेपाल इन्टरनेसनलको चौथो फेसन शो
आइतबार, ३० मङ्सिर २०८१, ०७ : ४६

काठमाडौँ । ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा चर्चित डिजाइनरले बनाएका लुगामा मोडलहरूले शनिवार बेलुकी क्याट वाक गरेका छन् ।
काठमाडौँको याक एण्ड यति होटलमा आयोजना गरिएको फेसन सोमा एक दर्जन बढी मोडलले १० जना डिजाइनरले बनाएका विभिन्न भेला, आयोजना तथा विशेष अवसरमा पहिरिने कपडाका डिजाइनहरू प्रस्तुत गरेका हुन् ।
विभिन्न विधा र शीर्षक अन्तर्गत प्रस्तुत गरिएका पहिरनमा मोडलले क्याट वाक गरेपछि नेपाली हिरो तथा हिरोइनहरूले पनि सो स्टपरको रूपमा र्याम्प नापेका थिए ।
चर्चित नेपाली अभिनेत्री मिरुना मगर, आना शर्माका साथै अभिनेता प्रदीप खड्का लगायतले सो स्टपरको रूपमा र्याम्पमा प्रस्तुत भएका थिए ।