तमुधिं युकेको नयाँ नेतृत्वमा जुमकाजी गुरुङ निर्विरोध
लन्डन । बेलायतको जातीय संस्था मध्यकै प्रभावशाली संस्थाको रूपमा स्थापित तमुधिं युकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा सम्पन्न १३ औँ अधिवेशनले जुमकाजीको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चुनेको हो ।
दुई वर्षका लागि १३ औँ कार्यसमितिको अध्यक्ष निर्वाचित गुरुङ यसअघि ह्याम्पसायर ईकाइको अध्यक्ष, तमुधिं युकेमा एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष एवं एक कार्यकाल वरिष्ठ उपाध्यक्ष थिए । त्यसैगरी, उपाध्यक्षहरुमा परशु गुरुङ, कमल गुरुङ र दिलमाया गुरुङ, महासचिवमा डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्षमा अरुण गुरुङ र सह कोषाध्यक्ष प्रेमराज गुरुङ चुनिएका छन् ।
खेलकुद प्रमुखमा क्याप्टेन दीपक घले, सांस्कृतिक सचिव श्रीमती पार्वती गुरुङ (गुड्डु), सञ्चार सचिव सविन्द्रकुमार गुरुङ (एसके), युवा विभाग राजेन्द्र गुरुङ, सम्पत्ति विभाग दीपक गुरुङ, कल्याणकारी विभाग कुमार घले र फोटोग्राफरमा मिलन तमु चुनिएका छन् । त्यसैगरि, सदस्यहरूमा भोजबहादुर गुरुङ, टंकमार्टिन गुरुङ, श्रीमती हेलिसा गुरुङ, देवकला गुरुङ, श्रीमती पार्वती गुरुङ (माइला), उमरजंग गुरुङ, मोतीप्रसाद गुरुङ, बुद्ध घले, प्रकाश गुरुङ, मदन गुरुङ, विकास (रक) गुरुङ, सोम घले र कुमार गुरुङ छानिएको तमुधिं युकेले जनाएको छ ।
तमुधिं युके आमा समूह पनि निर्वाचित
अधिवेशनले तमुधिं युके आमा समूह पनि निर्वाचित गरेको छ । आमा समूहको अध्यक्षमा श्रीमती कमलादेवी गुरुङ चुनिएकी छन् भने उपाध्यक्षद्धयमा नन्दा गुरुङ र जयन्ती गुरुङ छानिएका छन् ।
त्यस्तै, महासचिवमा श्रीमती शान्त गुरुङ, सचिव अन्जु गुरुङ, कोषाध्यक्ष कोमल (मुना) गुरुङ र सह कोषाध्यक्ष श्रीमती ध्रुव गुरुङ छानिएका छन् ।
त्यसैगरी सदस्यहरूमा यमन्ती गुरुङ, सृजना गुरुङ, शोभा गुरुङ, ईश्वरी गुरुङ, रनजी गुरुङ, सगुन गुरुङ, श्रीमती कृष्ण गुरुङ, सावित्री गुरुङ, सुप्रिया गुरुङ, इन्द्र (विष्णु) गुरुङ, सती गुरुङ, रामकुमारी गुरुङ, नन्दा (मिठु) गुरुङ, पञ्च गुरुङ, सुष्मा गुरुङ, सीत गुरुङ, लिडिया गुरुङ, सुलोचना गुरुङ, तारा गुरुङ, गौमाया गुरुङ र सन्तोषी गुरुङ छानिए ।
नयाँ कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले शपथ गराएका थिए । निर्वाचन समितिमा सदस्य मेजर कृष्णबहादुर गुरुङ र क्याप्टेन वालकृष्ण गुरुङ थिए ।
१३ औँ कार्यसमितिका लागि निर्वाचन समितिले निर्धारण गरेको समयसीमाभित्र एक भन्दा बढी उम्मेदवारी नपरेपछि जुमकाजी गुरुङसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।
तमुधिं युके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा कोषाध्यक्ष दिलमाया गुरुङको आयव्यय र महासचिव डा. विशाल गुरुङको साङ्गठनिक प्रतिवेदन पारित गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ र पूर्व अध्यक्षहरू रामचन्द्र (सूर्जे) गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, एनआरएनए युके अध्यक्ष समेत रहेका हितकाजी गुरुङ, एनआरएनए युके पूर्व अध्यक्षहरू सूर्य गुरुङ र पुनम गुरुङसहित संस्थाका ट्रस्टी एवं सल्लाहकारहरूले बधाई तथा शुभकामना दिएका थिए ।
आउँदो २८ डिसेम्बरका दिन लन्डन ह्यारोमा हुन लागेको ल्होछार तथा संस्थाको २५ औँ वार्षिकोत्सवका अवसरमा नयाँ कार्यसमितिले औपचारिक पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी
-
लिभरपुल इएफएल कपको फाइनलमा
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल