एनपीएलमा आज : विराटनगर काठमाडौँसँग र पोखरा सुदूरपश्चिमसँग भिड्दै

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबिच हुनेछ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।
यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । प्लेअपमा पुग्न आजको खेल जित्नै पर्ने दबाब काठमाडौँलाई छ । विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।
विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।समान ६ खेलबाट समान ४ अंक जोड्दै क्रमशः छैटौँ र सातौँ स्थानमा छन् । शनिबार भएको जितसँगै चितवनले ८ अंक जोडेसँगै पोखरा र विराटनगर औपचारिक रुपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।
आजको अन्तिम खेलमा जित निकाले पनि दुवैको ८ अंक पुग्न सक्दैन । अब चितवन, सुदुरपश्चिम, कर्णाली र काठमाडौंमध्ये ३ टोली प्लेअफमा पुग्नेछन् ।
सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ । यद्यपि टोलीले दुई खेल खेल्न बाँकी नै रहेकोले आजको खेल हारे पनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म