झुठो समाचार सामग्री प्रकाशित गरेको मुद्दामा एबीसी न्यूजले ट्रम्पलाई तिर्दैै १५ मिलियन डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ । ट्रम्प ‘बलात्कार का लागि जिम्मेवार’रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा एक समाचार सामग्री प्रकाशित गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मामिला सल्टाउन १५ मिलियन डलर भर्न तयार भएको हो ।
सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित डोनाल्ड ड्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा १५ मिलियन डलर भर्नेछ ।
यस्तै, ट्रम्पको कानूनी फी’का लागि एक मिलियन डलर भुक्तानी गर्न समेत एबीसी सहमत भएको छ । त्यति मात्रै नभई सम्झौता अनुरुप एबीसीले १० मार्च २०२४ मा अनलाइन समाचार सामग्रीको मुनि सम्पादकको नोट (भूलसुधार) पोष्ट गर्नेछ ।
उसले जर्ज स्टेफानोपोलोसले १० मार्च २०२४ मा एक साक्षात्कारका दौरान लगाएको आरोपबारे समेत एउटा खेद प्रकाशित गर्ने बताइएको छ । जर्जले उक्त साक्षात्कारका क्रममा एक कंग्रेस सदस्यलाई चुनौति दिँदै बारम्बार वक्तव्यबाजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक