शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : त्रिविमा एकैपल्ट ८ जना डीन नियुक्तदेखि पत्रकार महासंघमा पहिलो पटक ऐतिहासिक महिला नेतृत्वसम्म

शनिबार, २९ मङ्सिर २०८१, २३ : ५७
शनिबार, २९ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. त्रिविमा डिन नियुक्त 
त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।

२. महासंघमा ऐतिहासिक नेतृत्व 
नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो । उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो । 

३. दुर्घटना
पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

४. स्थायी कमिटीको बैठक
 नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । बुधवारबाट सुरु भएको बैठकमा आज तेस्रो दिन अध्यक्ष, महासचिव र वरिष्ठ नेताबाहेकका पदाधिकारीहरूले बोल्ने क्रम सकिएको छ ।

५. आत्मदाहको प्रयास
काठमाडौँको बागमती नदी किनारमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार मध्यान्ह करिब १२ बजेर ३ मिनेट जाँदा ती महिलाले कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिकै रहेको खाली जमिनमा आत्मदाहको प्रयास गरेकी हुन् ।

६. महानगर दिवस
काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही रु एक लाख ५० हजारसहित सम्मान गरेको छ । कामपाद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोललगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगतसहित सम्मान गरिएको हो । 

७. बैंकहरुको नाफा
चार महिनामा वाणिज्य बैंकहरूको नाफा २२ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा २० वटा वाणिज्य बैंकहरूले कुल २२ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अवधिमा १९ वटा बैंकले नाफामा हुँदा एउटा बैंक नोक्सानमा देखिएको छ ।

८. फोटोफिचर
सिट पाउनको लागि हुने धकेलाधकेल र पट्यार लाग्दो कुराइ, यो नियति काठमाडौँमा सार्वजनिक यातायात प्रयोग गर्ने हरेक यात्रुको हो ।

९. ऐतिहासिक दबार 
ऐतिहासिक जाजरकोट दरबारलाई वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । अघिल्लो वर्ष कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।

१०. नेपाल प्रिमियर लिग
जेम्स निसमले शानदार ब्याटिङ गरे पनि नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स चितवन राइनोजसँग ३२ रनले पराजित भएको छ । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । निसमले मात्र २४ बलमा ६५ रनको विस्फोटक पारी खेले ।

११. काठमाडौँ गुर्खाजको सम्भावना जीवित
एनपिएल मै शनिबार भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्समाथि सहज जित हासिल गर्दै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा भएको खेल काठमाडौँले ६ विकेटले जितेको हो । १ सय ३९ रनको लक्ष्य काठमाडौँले ३५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो ।

११ चिसो बढ्यो
काठमाडौँको तापक्रम यस वर्षकै न्यून विन्दुमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान ८ः४५ बजे काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप