बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : अन्तिम चरणमा एनपीएल, काठमाडौँमा यो वर्षकै सबैभन्दा चिसो

शनिबार, २९ मङ्सिर २०८१, २२ : ००
शनिबार, २९ मङ्सिर २०८१

आज मिति २०८१ साल मंसिर महिनाको २९ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमको सँगालो ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • दुर्घटना

पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

  • स्थायी कमिटीको बैठक

 नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । बुधवारबाट सुरु भएको बैठकमा आज तेस्रो दिन अध्यक्ष, महासचिव र वरिष्ठ नेताबाहेकका पदाधिकारीहरूले बोल्ने क्रम सकिएको छ ।

  • आत्मदाहको प्रयास

काठमाडौँको बागमती नदी किनारमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार मध्यान्ह करिब १२ बजेर ३ मिनेट जाँदा ती महिलाले कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिकै रहेको खाली जमिनमा आत्मदाहको प्रयास गरेकी हुन् ।

  • महानगर दिवस

काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही रु एक लाख ५० हजारसहित सम्मान गरेको छ । कामपाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोललगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगतसहित सम्मान गरिएको हो । 

  • बैंकहरुको नाफा

चार महिनामा वाणिज्य बैंकहरूको नाफा २२ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा २० वटा वाणिज्य बैंकहरूले कुल २२ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अवधिमा १९ वटा बैंकले नाफामा हुँदा एउटा बैंक नोक्सानमा देखिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्समाथि सहज जित हासिल गर्दै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा भएको खेल काठमाडौँले ६ विकेटले जितेको हो । १ सय ३९ रनको लक्ष्य काठमाडौँले ३५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो ।

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्रीहरु :

  • ज्याँ पाल सार्त्र र सिमोन डी बेभोयर

जाँ पाल सार्त्र र सिमोन डी बेभोयर २०औँ शताब्दीमा दर्शनको इतिहास अध्ययन गर्ने जोसुकैले पढ्नैपर्ने दुई नाममा पर्छन् । ज्याँ पाल सार्त्र अस्तित्ववादको प्रमुख सिद्धान्तकार मानिन्छन् भने सिमोन डी बेभोयर आधुनिक नारीवादको सुरुवात कर्ता हुन् ।

  • फोटोफिचर

सिट पाउनको लागि हुने धकेलाधकेल र पट्यार लाग्दो कुराइ, यो नियति काठमाडौँमा सार्वजनिक यातायात प्रयोग गर्ने हरेक यात्रुको हो ।

ऐतिहासिक जाजरकोट दरबारलाई वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । अघिल्लो वर्ष कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।

  • चिसो बढ्यो

काठमाडौँको तापक्रम आज यस वर्षकै न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८:४५ बजे काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप