नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा खड्का
शनिबार, २९ मङ्सिर २०८१, २० : १६

झापा । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसहित विजयी भएका निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताए ।
उनका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको नालायकीले सडकमा पपुलिस्ट र आराजकतावादी बढ्दै गए : एकीकृत समाजवादी
-
बिपाशासँगको ब्रेकअपबारे के भन्छन् डिनो ?
-
डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
-
हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
-
२६ तस्बिरमा हेर्नुहोस् विराटनगरमा होलीको रौनक
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी