शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली महिला चेस खेलाडी दुबई प्रस्थान

शनिबार, २९ मङ्सिर २०८१, १९ : १४
शनिबार, २९ मङ्सिर २०८१

काठमाडौँ । युनाइटेड अरब इमिरेट्सको दुबईमा मङ्सिर ३० देखि पुस ८ गते सम्म सञ्चालन हुने एसियन एमेच्योर चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली त्यस तर्फ प्रस्थान गरेका छन्।

युएई चेस फेडेरेशन र एसियन चेस फेडेरेशनबो तत्त्वावधानका अलएन चेस क्लब तथा माइन्ड गेमले आयोजना गरेको चेस प्रतियोगितामा महिला विधा तर्फ प्रतिस्पर्धा गर्न शनिवार दिल्लीको राजिव गान्धि एयरपोर्ट हुँदै  ओलम्पियाड खेलाडी सिन्दारा जोशी र पूजा भण्डारी प्रस्थान गरेका हुन्। 

नवौँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी र महिला तृतीय भएकी पूजा भण्डारीलाई फिडे आर्विटर सोराज ताम्राकारले दिल्लीबाट बिदाइ गरेका छन्।

प्रतिष्ठित एसियन एमेच्योर अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका दुई खेलाडी सहित आयोजक राष्ट्र युएई, भारत, इरान, उज्वेकिस्तान, लेभनन्, बहराइन,  फिलिपिन्स, काजकिस्तान, सिंगापुर, ताजकिस्तान, इराक लगायतका राष्ट्रको सहभागिता रहनेछन् ।

अन्तर्राष्ट्रिय खेल स्पर्धा क्लासिकल , र्‍यापिड र ब्लिट्ज गरि तिन विधामा सञ्चालन हुने प्रतियोगितामा टाइम कन्ट्रोल ९० मिनेट ३० सेकेण्ड इन्क्रिमेण्टको रहनेछ। जसमा सिन्दिराले रेटिङ २ हजार मुनि प्रतिस्पर्धा गर्नेछन् भने पूजाले १७ सय रेटिङ मुनि शीर्ष दोस्रो वरियता प्राप्त गर्दै प्रतिस्पर्धामा सहभागी हुने छन्।

आयोजकले कूल पुरस्कार राशि युएस डलर २५ हजार प्रदान गरिने प्रतियोगिताको प्रत्येक विधाका विजेताले १५ युएस, द्वितीय हुनेले १२ सय युएस , तृतीयले १ हवार युएस, चौथोले ८ सय युएस र पाँचौँ हुनेले ५ सय युएस डलर प्राप्त गर्नेछन्। नेपालका पूजा भण्डारीले आफ्नो १७ सय रेटिङ मुनिको विधामा पुरस्कार प्राप्त गर्ने प्रबल आशा गरिएको छ। उनी यस विधामा दोस्रो वरियता लिएर खेल्ने छन्।

भिसाको कारण नेपालले ४५ औँ  चेस ओलम्पियाडमा  सहभागी हुन नपाए पछि खेलाडीको मनोबल उच्च राख्न नेपाल बुद्धिचाल महासंघले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा पुरुषतर्फ राजन सुवेदी, फिडे मास्टर क्षितिज भण्डारी, शुश्रुत दाहाल र रुपेश जैसवाललाई सहभागी गराउने निर्णय गरेको थियो।

यसैगरी महिला खेलाडीहरू कृतिसारा अधिकारी, शान्ति धिमाल र रीया श्रेष्ठले पनि कुनै न कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप