काठमाडौँसहित विभिन्न स्थानमा ८ जना मृत फेला
शनिबार, २९ मङ्सिर २०८१, १८ : ५५

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-८ गौशालाबाट बनकाली जाने बाटोको सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- लमजुङ, मर्स्याङदी गाउँपालिका-९ लामागाउँमा बेसीशहर नगरपालिका-६ भैयाश्वर बस्ने ६५ वर्षीय सिंह बहादुर रिमाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१८ पंडितपुरस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीया गिता चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- चितवन, भरतपुर महानगरपालिका-४ शिवघाटस्थित नारायणी नदीको किनारमा सोही महानगरपालिका-११ बसेनी बस्ने २५ वर्षीय सिदार्थ गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ गोस लाइनमा झापा कमल गाउँपालिका-५ बस्ने ४१ वर्षीय राजन कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरूवाटोलस्थित राप्ती खोलामा सोही उपमहानगरपालिका-१ लालझाडी बस्ने ३६ वर्षीय राज कुमार ब्लोन शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रामेछाप, खाँडादेवी गाउँपालिका-४ खल्लरीस्थित तामाकोशीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रोल्पा, लुङ्ग्री गाउँपालिका-६ तल्लो गुम्चाल बस्ने २१ वर्षीय देवेन्द्र बिष्ट सोही गाउँपालिका-७ लखर्केस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन