बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

हेटौँडामा ‘दर्ज्यु संलाप’ वार्ता

शनिबार, २९ मङ्सिर २०८१, १८ : १३
शनिबार, २९ मङ्सिर २०८१

मकवानपुर । हेटौँडामा निबन्धकार कुमारी लामाको निबन्ध ‘दर्ज्यु संलाप’ माथि अन्तरक्रिया गरिएको छ । शनिबार हेटौँडामा आयोजित एक कार्यक्रममा लामाद्वारा लिखित ‘दर्ज्यु संलाप’ माथि वार्ता विमर्श गरिएको हो ।

लेखक लामाले आफू हुर्केको परिवेशलाई साहित्यमा समेट्दा अझ प्रभावकारी बन्ने बताइन् । समीक्षक निमेष निखिलसँगको वार्तामा बोल्दै निबन्धकार लामाले आफ्नै पृष्ठभूमिका भुइँमान्छेका विद्रोहलाई निबन्धात्मक रूपमा ल्याउँदा निबन्धको दायरा अझै फराकिलो बन्न पुगेको बताइन् ।

सुशासन कायम गर्ने बेग्लै निकाय हुँदाहुँदै लेखकले प्रश्न मात्रै उठाउने हो वा समाधान पनि गर्ने हो ? भन्ने समीक्षक निखिलको सवालमा लामाले  प्रश्न उठाउनु आवश्यक रहेको बताइन् । संविधानले छोरीलाई अंश र वंशको अधिकार दिँदैमा व्यवहारमा परिवर्तन नहुने निबन्धकारको तर्क थियो । निबन्धहरूलाई शृंखलात्मक रूपमा प्रस्तुत गरिएको ‘दर्ज्यु संलाप’मा उल्लेखित पात्र कान्छी तामाङको जीवन आफ्नो लागि प्रेरणादायी रहेको उल्लेख गर्दै लामाले उनको संघर्षका कथालाई नै हालको किताबमा तेस्रो पटक समेट्दै देहान्तका कारणले टुङ्ग्याएको बताइन् ।

विगतमा न्यून पारिश्रमिक दिएर तामाङहरूको शोषण भएको, ज्यानै मास्न सकिने कानुनी व्यवस्थाले राजनीति, शिक्षा, अर्थमा विगतदेखि नै दमनका शृङ्खला रहेकोले पात्रहरूमा तामाङहरूकै बाहुल्यता रहेको लेखक लामाले बताइन् ।

कार्यक्रममा यश लामा, सुवास सजल, वनस्तम थिङ लगायतले पाठकीय टिप्पणी राखेका थिए । किताबघर हेटौँडा र ’आह्वान’को संयुक्त आयोजनामा भएको कार्यक्रममा आख्यानकार उमा सुवेदीले ‘आह्वान’का गतिविधि बारे जानकारी गराएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप