वैशाख २५ गतेभित्र अधिवेशन नगर्ने भातृ संगठन विघटन गर्ने जसपा नेपालको निर्णय
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार कार्यकारिणी समितिको बैठकले संगठन बिस्तार अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्मलाई निरन्तरता दिएको हो ।
शुक्रबार सुरु भएको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले स्थानीय तहको उपनिर्वाचनमा मधेस प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको जनताको मत परिणाम सन्तोषजनक रहे पनि यो पर्याप्त नरहेकोले संगठन निर्माण एवं बिस्तार अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।
आगामी संगठनात्मक कार्यदिशाका सम्बन्धमा बैठकले पूर्वपश्चिम राजमार्गमा संगठन निर्माणको लागि विशेष सांगठनिक कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।
महाधिवेशन पछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र अद्यावधि गर्ने निर्णय गरेको छ । जसपा नेपालको पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।
यसका साथै, आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । तर तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भातृ संगठन स्वतः विघटन हुने समेत निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक
-
नेपालका अदालतहरूको कार्यसम्पादन अब्बल छ : मन्त्री चौरसिया
-
पर्यटन दशकबाट मुलुकले ठुलो लाभ लिने विश्वास छ : मन्त्री पाण्डे
-
निर्माण सामग्रीका मूल्यवृद्धिदेखि ठुला आयोजनामा भ्रष्टाचार सम्बन्धी उजुरी लेखा समितिमा
-
बाढी पीडितलाई क्षतिपूर्ति र किसानलाई मल दिन सांसदहरूको माग
-
प्रदेश खारेज नगरे देश अझै समस्यामा पर्नेछ : चित्रबहादुर केसी