प्रधान सेनापतिद्वारा भारतीय मिलिटरी एकेडेमीमा कवाज निरीक्षण तथा अवलोकन

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देल शनिबार भारतको देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीको भ्रमण गरेका छन् । प्रधानसेनापति सिग्देल एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन् ।
सो अवसरमा उनले अधिकृत क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरेको नेपाली सेनाले जानकारी दिएको छ । कार्यक्रममा उनले नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरूसँग अन्तरक्रिया समेत गरेका थिए। ।
नेपाली सेनाले वि.सं. २०१० सालदेखि एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरूलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । हालसम्म उक्त एकेडेमीबाट दुई सयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् ।
बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरू तालिमरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी