समाचार
बागमती किनारमा महिलाद्वारा आत्मदाहको प्रयास
शनिबार, २९ मङ्सिर २०८१, १५ : ०१

काठमाडौँ । काठमाडौँको बागमती नदी किनारमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार मध्यान्ह करिब १२ बजेर ३ मिनेट जाँदा ती महिलाले कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिकै रहेको खाली जमिनमा आत्मदाहको प्रयास गरेकी हुन् ।
प्रहरीका अनुसार महिलाको पहिचान चितवन रत्ननगर नगरपालिका–१२ घर भएकी ३८ वर्षीया कमला आचार्य रहेको खुलेको छ । उनी हाल बौद्धको नारायाणटारमा डेरा गरेर बस्दै आएकी थिइन् । प्रहरीका अनुसार उनी बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएर आफैले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनी घटनामा गम्भीर घाइते भएकी छन् ।
उनलाई तत्कालै उपचारका लागि शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उनको शरीरका विभिन्न भाग जलेको छ । उनी घाइते भई बोल्न नसक्ने अवस्थामा छिन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी
-
कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए
-
दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
-
९.९६ अङ्कले घट्याे नेप्से परिसूचक
-
प्रधानमन्त्रीले शिक्षकहरुको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल