कप्तान कुशलको विस्फोटक ब्याटिङ, चितवनद्वारा १ सय ८१ रनका लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान कुशल मल्लको धुँवादार ब्याटिङको मद्दतले चितवन राइनोजले जनकपुर बोल्ट्सामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो ।
मल्लले सर्वाधिक ७२ रनको योगदान दिए । मात्र ४१ बलमा उनले ३ चौका र ७ छक्का हिर्काए । जारी प्रतियोगितामा उनको यो उच्च स्कोर पनि हो । उनले यसअघि पहिलो खेलमा पोखराविरुद्ध सबैभन्दा धेरै ३८ रन बनाएका थिए । उनले हालसम्म प्रतियोगितामा २ सय २ रन बनाएका छन् ।
रवि बोपारा तेस्रो अर्धशतक बनाउनबाट चुके । उनले ३२ बलमा ४४ रन जोडे । बोपाराले यसअघि पहिलो खेलमा पोखरा र दोस्रो खेलमा कर्णालीविरुद्ध अर्धशतक बनाएका थिए । उनले टोलीका लागि प्रतियोगितामा २ सय ३३ रनको योगदान दिएका छन् ।
ओपनर हसन इसाखिलले १९ बलमा २८ रन जोड्दै टोलीलाई राम्रो सुरुवात दिए । उनले एक छक्का हिर्काए । त्यस्तै, सन्तोष कार्कीले १२ बलमा १४ रन बनाए ।
जनकपुरका लागि ललित राजवंशीले किफायती बलिङ गर्दै २ विकेट लिए । ४ ओभरमा उनले २ मेडन राख्दै मात्र ११ रन खर्चिए । प्रतियोगितामा राजवंशीको विकेट संख्या १३ पुगेको छ । जेम्स निसम, मोहम्मद मोहसिन र हर्ष ठाकेरले १–१ विकेट लिए ।
जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । यो जनकपुरको सातौँ तथा अन्तिम खेल हो । टोलीले यसअघिका ६ खेलमध्ये ५ खेल जित्दै १० अङ्क बटुलेको छ । आजको खेल जित्दै जनकपुर शीर्ष स्थानमा दाबेदारी कायम राख्न चाहन्छ ।
यता, चितवनले ६ खेलबाट ३ खेलमा जित र तीन खेलमा हार बेहोर्दै ६ अङ्क बटुलेको छ । आजको खेल जित्दै टोली प्लेअफको सम्भावना कायम राख्न चाहन्छ । तर, टोलीले लय गुमाएको छ । पछिल्ला दुई खेलमा टोली पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हत्या आरोपीसँग निकट सम्बन्ध देखिएपछि मन्त्रीको राजीनामा
-
अध्यादेश स्वीकृत गर्न संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप
-
जब करणले इमरानलाई टपलेस फोटोसुट गराए
-
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
-
पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष
-
कर्णाली नदीजन्य स्रोतको उपयोग तथा संरक्षण सम्बन्धी सुझाव समितिद्वारा प्रतिवेदन बुझाइयो