मनको कचौरा

देखेँ
गरिब दुःखीहरू
देखेँ
बेरोजगार भोकाहरू
उनीहरू हिँड्दै थिए
खाली गोडाले
अभावले पिल्सिएका जस्ता देखिन्थे
दुःखी छन् जस्ता देखिन्थे
त्यसैले होला उनीहरूको
खुसी थिएन मन
छातीभित्र लुकाइरहेका थिए
निराशाको आँसु
अभावको आँसु
भोक प्यासको आँसु
चिन्ताको आँसु
मनको कचौरामा
गरिब दुःखीहरूको आँसु
बटुल्दै हिँडे
देखेँ
धनाढ्य व्यापारीहरू
देखेँ
पदासीन नेताहरू
उनीहरू पनि हिँड्दै थिए
तर गोडाले हैन
मोटर र हवाईजहाजले
पुगी सरी आएका जस्ता देखिन्थे
खुसी छन् जस्ता देखिन्थे
तर उनीहरूको पनि
खुसी थिएन मन
छातीभित्र लुकाइरहेका थिए
असन्तोषको आँसु
घमण्डको आँसु
धन बढाउने अनि जोगाउने
चिन्ताको आँसु
मनको कचौरामा
धनी दुःखीहरूको आँसु पनि
बटुल्दै हिँडे
देखेँ
युवा युवतीले खाडीबाट
आफ्ना लालाबालालाई
पठाएका आँसु
देखेँ
किसानले मलजल नपाई
सुकेको बाँझो खेतबारीमा
झारेका आँसु
देखेँ
परिवार पाल्न
‘काम देऊ काम देऊ’
भन्ने भोका पेटहरूले
पिएका आँसु
अटाइरहेछन्
ती सबै
ती सबै
दुःखीहरूको आँसु
मनको कचौरामा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धन गर्न हेटौँडा- सौराहा साइकल यात्रा
-
चितुवाको आक्रमणबाट ४ जना घाइते
-
कांग्रेसका मधेस महामन्त्री प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्त
-
ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न उर्जा मन्त्रालयद्वारा चार सदस्यीय समिति गठन
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’