दाङबाट ‘कर्मा’को छायाङ्कन सुरु
शनिबार, २९ मङ्सिर २०८१, १० : ५७

काठमाडौँ । फिल्म ‘कर्मा’को छायाङ्कन सुरु भएको छ । दाङको घोराहीबाट शुक्रबारबाट फिल्मको छायाङ्कन सुरु भएको हो । ४० दिन दाङ र ६ दिन रुकुममा छायाङ्कन हुने फिल्मका निर्देशक सौरभ चौधरी हुन् ।
विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव लगायतको अभिनय रहने मुकुन भने नेगेटिभ क्यारेक्टरमा देखिने छन् । एक्सन ड्रामा जनरामा निर्माण हुने फिल्ममा विपिन पनि एक्सन अवतारमा देखिने बताइन्छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते फिल्म प्रदर्शनमा आउने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेरबहादुरजीले ‘नावाकाद’ हरूलाई चिसो पानी खन्याएपछि छक्क परे : प्रधानमन्त्री
-
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह
-
उमा कुङ्फु संघले मनायो विश्व ताइची तथा छिकुङ दिवस
-
सरकारले आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गरोस् : सांसद मनिष झा
-
रास्वपाको प्रश्न: पोखरा विमानस्थलमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने हिम्मत छ ?
-
फटाहा कुरा गर्ने ‘स्थापित फटाहा’हरु नै हुन् : प्रधानमन्त्री