दुई दार्शनिकको अस्तित्ववादी प्रेमकथा
जाँ पाल सार्त्र र सिमोन डी बेभोयर २०औँ शताब्दीमा दर्शनको इतिहास अध्ययन गर्ने जोसुकैले पढ्नैपर्ने दुई नाममा पर्छन् ।
ज्याँ पाल सार्त्र अस्तित्ववादको प्रमुख सिद्धान्तकार मानिन्छन् भने सिमोन डी बेभोयर आधुनिक नारीवादको सुरुवात कर्ता हुन् ।
सार्त्र दार्शनिक मात्रै थिएनन्, आफ्नो समयका प्रख्यात साहित्यकार थिए । सन् १९६४ मा उनलाई साहित्यतर्फको नोबेल पुरुस्कार प्रदान गर्ने घोषणा भएको थियो । जसलाई उनले अस्वीकार गरेका थिए । ‘द रोड टु फ्रीडम’, ‘नौसिया’, ‘द वाल’,‘द एक्जिट’जस्ता चर्चित साहित्यिक कृति लेखेका उनले दर्शनका क्षेत्रमा ‘बिइङ एन्ड नथिङनेस’जस्ता प्रभावशाली कृति रचना गरेका छन् ।
सिमोन दर्शन र अझ त्यसमा पनि अस्तित्ववादको प्रयोगमा माहिर मानिन्छन् । सात्र्रको चर्चित भनाइ ‘सारतत्त्वभन्दा अघि अस्तित्व हुन्छ’ भन्ने भावलाई लिएर उनले आफ्नो प्रशिद्ध पुस्तक ‘द सेकन्ड सेक्स’ लेखिन् । महिलाहरू जन्मजात कमजोर हुन्छन् भन्ने मान्यतालाई तोडेर यो पुस्तकले महिलाहरू कमजोर हुँँदैनन् भन्ने स्थापित गर्यो । महिलालाई सामाजिक, सांस्कृतिक र ऐतिहासिक रूपमा योजनाबद्ध कमजोर बनाइएको पनि उनले व्याख्या गरिन् । यसलाई आधुनिक नारीवादको सर्वाधिक महत्त्वपूर्ण पुस्तक मानिन्छ । यो पुस्तक संसारका धेरै भाषामा अनुवाद भएको छ ।
यी दुई प्रतिभावान् व्यक्तिको संगत बाक्लिएको विद्यार्थीका रूपमा विश्वविद्यालयका कक्षामा जान थालेपछि हो । सिमोन–सात्र्र दुवै फ्रान्सको राजधानी पेरिसको प्रतिष्ठित शैक्षिक संस्था ‘इकोले नर्मल सुपरिएर’मा अध्ययन गर्न थाले । उनीहरू दर्शनशास्त्रका लागि ‘एग्रिगेसन’ भनिने परीक्षामा सामेल भए । फ्रान्समा प्राध्यापकका रूपमा योग्य हुनका लागि ‘एग्रिगेसन’लाई उच्च प्रतिस्पर्धात्मक परीक्षा मानिन्छ । सन् १९२९ को एग्रिगेसन परीक्षामा सात्र्रले पहिलो स्थान हासिल गरे भने सिमोनले दोस्रो । सार्त्र यस्तो परीक्षा दोस्रोपटकमा उत्तीर्ण हुँदै थिए तर सिमोन भने आफ्नो २१ वर्षको कलिलो उमेरमै यस्तो सानदार नतिजा ल्याउन सफल भएकी थिइन् ।
परम्परागत पुरुषप्रधान समाजका मान्यताका बन्धनविरुद्ध जुधेर टिकेको यो प्रेमलाई उनीहरू ‘स्वतन्त्रताले भरिएको प्रेम’ भन्ने गर्थे ।
‘एग्रिगेसन’को तयारीकै ताका उनीहरू नजिकिन थालिसकेका थिए । उनीहरू एक अर्काको बौद्धिक क्षमताबाट असाध्यै प्रभावित थिए । यही दौरान सात्र्रले सिमोनलाई विवाहको प्रस्ताव गरे तर सिमोनले अस्वीकार गरिन् । उनीहरू विवाहबेगर नै आजीवन प्रेममा रहन राजी भए । यसपछि करिब ५१ वर्षसम्म उनीहरू सघन प्रेम सम्बन्धमा रहे । युरोपमा खास गरेर फ्रान्समा यो जोडीको सम्बन्धलाई अद्भुत रूपमा हेर्ने गरिन्थ्यो ।
उनीहरू औपचारिक सम्बन्धमा रहेनन्, सँगै एउटै घरमा समेत बसेनन् । उनीहरूले बच्चा जन्माएनन् । दुवै जनाको जीवन गहन अध्ययन र प्रगतिशील आन्दोलनमा आकर्षित थियो । उनीहरूको प्रायः दैनिकी अध्ययन, छलफल र बहसमा बित्ने गथ्र्यो । उनीहरू धेरैजसो पेरिसका कफीसपमा भेट्थे । अन्तरङ्ग र प्रेमिल गफमा मुग्ध हुन्थे । सम्बन्धमा कुनै पर्खाल वा सर्त थिएन । उनीहरू जोसुकै अन्य व्यक्तिसँग आफ्नो ढंगले सम्बन्ध राख्न सक्थे । यो सम्बन्ध जुनसुकै प्रकारको पनि हुन सक्थ्यो । फगत उनीहरूले यसबारे एक–अर्कामा पारदर्शी हुनुपर्ने हुन्थ्यो । यस बिचमा सिमोन धेरै जनासँग सम्बन्धमा रहिन् । अमेरिकी उपन्यासकार नेल्सन अल्ग्रेनसँग उनको लामो समय पत्रको आदान–प्रदान चल्यो । यो सम्बन्धलाई सिमोनले धेरै महत्त्व दिएकी थिइन् । आफ्नो लेखाइमा उनले अल्ग्रेनलाई ‘प्यारो पति’ समेत भनेकी छिन् ।
फ्रान्सेली चलचित्रकर्मी क्लाउड लान्जम्यान र उनीबिचको सम्बन्धको पनि चर्चा हुने गर्छ । सिमोन पुरुषहरू मात्र नभएर महिलाहरूसँग पनि सम्बन्धमा रहेकी थिइन् ।
सार्त्रका पनि यस्ता सम्बन्धका कथा सुन्न र पढ्न पाइन्छन् । यी सबै सम्बन्धबारे सार्त्र र सिमोनले खुला र पारदर्शी छलफल गर्ने गर्थे । परम्परागत पुरुषप्रधान समाजका मान्यताका बन्धनविरुद्ध जुधेर टिकेको यो प्रेमलाई उनीहरू ‘स्वतन्त्रताले भरिएको प्रेम’ भन्ने गर्थे ।
एकपटक कुनै छलफलमा एकजना सहभागीले सार्त्रलाई सोधे, ‘तपाईंको विचारमा प्रेमको सार के हो ?’ उनले सिमोनतर्फ देखाउँदै भनेका थिए, ‘यसको जवाफ तपाईंले उहाँलाई सोध्नुपर्छ । मैले जानेको जति सबै उहाँले नै सिकाउनुभएको हो ।’
यिनीहरूको भेट र प्रेमको सुरुवात हुँदा युरोप भर्खरै एउटा विश्वयुद्धबाट तंग्रिँदै थियो । क्षितिजमा अर्को भयानक युद्धको आगमनका संकेत देखिन थालिसकेका थिए । दोस्रो विश्वयुद्ध सुरु भएपछि सात्र्र जलवायुसम्बन्धी काम गर्ने गरी फ्रान्सेली सेनामा भर्ती भए । युद्धको दौरान जर्मन सेनाले उनलाई पक्राउ गर्यो । हिरासतमा रहँदा उनले आफ्नो अस्तित्ववादी दर्शनको अध्ययन र चर्चित पुस्तक ‘बिइङ एन्ड नथिङनेस’ लेख्ने काम गरे । हिरासतमै उनले अर्को नाटक पनि लेखेका थिए । बन्दी जीवनबाट छुटेलगत्तै उनी सिमोनलाई भेट्न गए । भेट हुनासाथ सात्र्रले ठट्टा गर्दै भनेका थिए, ‘जर्मनीको बन्दी जीवनबाट त म उम्केर आएँ । तर तिम्रा प्रश्नहरूबाट त कहाँ उम्किन सक्छु र ?’
उनीहरू हरेक विषयमा लामो र गहिरो छलफलमा मग्न रहन्थे । ‘लेक्स देअक्स मेगोट्स’, ‘क्याफे दे फ्लोरा’जस्ता कफीसपमा उनीहरू नियमित भेटिन्थे र घन्टौँसम्म विविध विषयमा गफिन्थे । कुनै साथी भेट्न आएको अवस्थामा उनीहरू आगन्तुकलाई भेटिसकेर फेरि आफ्नो टेबलमा फर्कन्थे अर्थात् उनीहरूको गफ र भेटघाटको टेबल निश्चितजस्तै हुन्थ्यो । उनीहरू फ्रान्सको बौद्धिक जगत्मा असाध्यै चर्चित र आकर्षणको केन्द्र थिए । उनीहरूको प्रेम पनि नयाँ युगको स्वतन्त्रताको मानकका रूपमा हेर्ने गरिन्थ्यो ।
सार्त्र र सिमोन केही सन्दर्भमा सँगै र कहिलेकाहीँ फरक–फरक रूपमा पनि त्यो समयका प्रगतिशील आन्दोलनमा जोडिने गर्थे । उनीहरू दुवै फ्रान्सेली उपनिवेशवाद लगायत सबै खालका उपनिवेशवाद र पुँजीवादको विरुद्धमा उभिन्थे ।
अल्जेरियाको मुक्ति आन्दोलनमा सात्र्र विविध प्रकारले संलग्न थिए । उनले अल्जेरियाली लेखक तथा आन्दोलनकारी फ्रान्ज फाननको पुस्तक ‘द रेच्ड अफ अर्थ’मा लेखेको भूमिकाको चर्चा आजपर्यन्त हुने गरेको छ । सिमोन नारीवादी आन्दोलनको मुख्य व्यक्ति थिइन् । उनले नारी मुक्तिका लागि हुने धेरै अभियानको अगुवाइ गरिन् । गर्भपतनको अधिकार दिलाउन संघर्ष गर्नका लागि बनाइएको संस्थाको त उनी संस्थापक अध्यक्ष नै थिइन् । उनका लेख, अन्तर्वार्ता र पुस्तकहरूले फ्रान्सको मात्र नभएर विश्वभरको महिला आन्दोलनलाई विचार, भावना र ऊर्जा सबै दिएको थियो ।
फिडेल क्यास्त्रो र चे ग्वेभाराहरूको अगुवाइमा क्युबामा क्रान्ति भएलगत्तै उनीहरूले सात्र्र र सिमोनलाई क्युबा बोलाएका थिए । उनीहरू क्युबा गए । त्यहाँ फिडेल, चे लगायत नेताहरूसँग भेटे । उपनिवेश र पुँजीवादका विरुद्ध लडेकामा उनीहरूको प्रशंसा गरे । उनीहरूले चे ग्वेभाराको प्रशंसा गर्दै ‘आफूले भेटेका मानिसहरूमध्येको पूर्ण मानिस’ समेत भनेका थिए । धेरैजसो सिद्धान्तका कुरा गरेर विचारकका रूपमा आफू सुरक्षित बस्ने नेताहरूको विपरीत चेमा उनीहरूले युद्धको अग्रमोर्चामा उभिएको महान् विचारकका रूपमा प्रशंसा गरेका थिए । फिडेलबारे उनीहरूले लामो लेख लेखेका थिए । पछि गएर फिडेलका केही नीतिको भने उनीहरू आलोचना गर्ने गर्थे ।
उनीहरूले सन् १९६८ मा पश्चिमा जगत्कै ठुलो आन्दोलनका रूपमा देखापरेको विद्यार्थी आन्दोलनलाई महत्त्वपूर्ण समर्थन गरे । उनीहरूलाई यो आन्दोलनको स्टारको रूपमा चिन्ने गरिन्छ । यसले उनीहरूलाई आम युवा तथा आन्दोलनकारीमा लोकप्रिय बनायो । उनीहरूको सम्बन्ध विचार, भावना, लेखन र आन्दोलन सबैमा मिसिएको थियो । सात्र्र र सिमोनले एक–अर्काबाट धेरै कुरा सिकेको बताउने गर्थे ।
दुवै जनाको जीवन गहन अध्ययन र प्रगतिशील आन्दोलनमा आकर्षित थियो । उनीहरूको प्रायः दैनिकी अध्ययन, छलफल र बहसमा बित्ने गथ्र्यो । उनीहरू धेरैजसो पेरिसका कफीसपमा भेट्थे । अन्तरङ्ग र प्रेमिल गफमा मुग्ध हुन्थे । सम्बन्धमा कुनै पर्खाल वा सर्त थिएन ।
एकपटक कुनै छलफलमा एकजना सहभागीले सार्त्र लाई सोधे, ‘तपाईंको विचारमा प्रेमको सार के हो ?’ उनले सिमोनतर्फ देखाउँदै भनेका थिए, ‘यसको जवाफ तपाईंले उहाँलाई सोध्नुपर्छ । मैले जानेको जति सबै उहाँले नै सिकाउनुभएको हो ।’
पाँच दशकभन्दा लामो उनीहरूको खुला, स्वतन्त्र र प्रेरक प्रेम सम्बन्ध आजीवन रह्यो । उनीहरू हरेक खास घडीमा एक–अर्काको साथमा उभिए । प्रेम जीवनमा नयाँ आयाम दिए । सन् १९८० मा सार्त्रको निधन भयो । त्यसको ६ वर्षपछि सिमोनको निधन भयो । सिमोनको निधनपछि उनको पार्थिव शरीरलाई पनि सार्त्रलाई राखिएको सिमेतिएरे ‘दु मोन्त्पार्नास्से’ भनिने चिहानमा नजिकै राखियो । यो चिहानलाई आज पनि स्वतन्त्रता, प्रेम, बौद्धिक साहचर्य र संघर्षको अनुपम निशानका रूपमा मानिसहरूले श्रद्धाका साथ लिने गरेका छन् ।
उनीहरूको प्रेमको कथाले परम्परागत मान्यताविरुद्ध व्यवहारमै नवीन उदाहरण दिएको मानिन्छ । विवाह र प्रेमलाई विपरीत मान्ने तथा विवाहलाई परम्परागत संस्था मान्ने उनीहरूको जीवनको चर्चा आज पनि संसारका कुना–कुनामा हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगलमा सबैभन्दा धेरै खोजिइन् हिना खान
-
नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक निर्वाचित
-
सहज जितसँगै काठमाडौँको आशा कायमै, पोखराको समाप्त
-
फिल्म निर्देशक विकासले ल्याए ‘बिटुजी सिद्धान्त’मा नृत्य पुस्तक
-
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
-
नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बराल निर्वाचित