पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
शनिबार, २९ मङ्सिर २०८१, ०९ : २५

सङ्खुवासभा । नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचितभएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए ।
यसैगरी सदस्यमा सुरेन शाक्य,खेवाहाङ मेवाहाङ,दुर्गा बहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्यमा गंगा विष्ट,समिक्षा मगर,माधव सुवेदी र ध्यान बहादुर राई निर्विरोध निर्वाचित भए । यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने