अमेरिकी विदेशमन्त्री अचानक किन पुगे इराक ?
बगदाद । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन शुक्रबार अचानक इराकको राजधानी बगदाद पुगेका छन् । यसक्रममा उनले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग भेट गरेका हुन् ।
अमेरिकी विदेशमन्त्री टर्कीको अंकाराबाट अमेरिकी वायुसेनाको विमान सी–१७ मार्फत बग्दाद पुगेका थिए । एन्टोनी ब्लिन्केनको इराक भ्रमण अमेरिकी दृष्टिकोणबाट निकै महत्त्वपूर्ण छ। सिरियाको अवस्थालाई हेर्दा इराकको महत्त्व बढेको छ ।
इराक सिरियाको छिमेकी देश हो। बीबीसी संवाददाताका अनुसार सिरियाका क्षेत्रहरूमा तथाकथित इस्लामिक स्टेट समूहलाई नियन्त्रण गर्न र कमजोर पार्ने प्रयासमा अमेरिका र इराकको साझा हित छ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले आफ्नो इराक भ्रमणका क्रममा सिरियामा तथाकथित इस्लामिक स्टेट समूहको पुन: उदय हुन नदिन रणनीति बनाउन प्रयास गर्ने बताएका छन् । इराकी प्रधानमन्त्रीसँगको वार्तापछि उनले भने, ‘इराकले अन्य कुनै पनि देशको तुलनामा स्थिरताको आवश्यकतालाई बढी बुझेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला