पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह विजयी
![पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह विजयी](https://npcdn.ratopati.com/media/news/fnj-dhanusha_4BLAA64Aqu.jpg)
धनुषा । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित भएका छन् । साहले ८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी हुँदा उनका प्रस्पर्धी सञ्जीवकुमार झाले ४० मत ल्याए । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी वरुणा कर्णले ४७ मत प्राप्त गरे ।
सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गरे । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत ल्याए । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत पाए ।
कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाए । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।
प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित भए भने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता