पत्रकार महासङ्घ जुम्लाको अध्यक्षमा चौलागाईं निर्वाचित
शनिबार, २९ मङ्सिर २०८१, ०० : ५५
जुम्ला । नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चौलागाईं अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले जानकारी दिए ।
कुल ५४ मतदातामध्ये ५३ मत खसेको थियो । अध्यक्ष चौलागाईंले २८ मत प्राप्त गर्दा शाहीले २५ मत प्राप्त गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै, सदस्यहरूमा मोहन शाही, टेक हमाल, सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?
-
‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ
-
धनगढीमा श्रीमदभागवत सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन