बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : भारत भ्रमणको तयारीमा प्रधानमन्त्रीदेखि संसदको लेखा समिति सभापति पोखरेल पत्नीसहित २६ जनाविरुद्ध मुद्दासम्म

शनिबार, २९ मङ्सिर २०८१, ०० : ३८
शनिबार, २९ मङ्सिर २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. भारत भ्रमणको तयारीमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको आन्तरिक तयारीमा जुटेका छन् । सोही तयारी समेतका लागि परराष्ट्रमन्त्री डा।आरजु राणा (देउवा) पुस ३ गते दिल्ली पुग्दैछिन् । हाल युरोपमा भ्रमणमा रहेकी राणा त्यतैबाट दिल्ली पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  पुस ५ गते दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स तय भएको छ ।

२. माओवादी बैठक
नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेताहरूको उचित कार्यविभाजन गर्ने निर्णय गरेको हो । पदाधिकारी तहकै नेताहरू जिम्मेवारी विहीन हुँदा संगठनको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै यसबारे थप गृहकार्य गरेर आउने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको सचिव गणेश साहले जानकारी दिए ।

 ३. एकीकृत समाजवादीको बैठक
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको छ । शुक्रबार बसेको बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल भएपनि कुनै निर्णय नभएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । ‘आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भयो तर निर्णय भएको छैन । भोलि शनिबार बिहान ११ बजे बस्ने बैठकमा पुन छलफल हुनेछ’, भट्टराईले भने, ‘वार्षिक कार्ययोजना बनाएर मात्रै नेताहरूको कार्य विभाजनमाथि छलफल प्रवेश हुन्छ ।’

४. सहकारी ठगी प्रकरण
मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङले बिहीबार उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

५. एनआरएनएलाई सर्वोच्चको पत्राचार
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो ।

६. रास्वपा महाधिवेशनको तयारी
संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रथम महाधिवेशनको तयारीमा जुटिरहेको बताएको छ । रास्वपाले २०८२ वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको छ । जसअनुसार महाधिवेशनको तयारी स्वरूप जिल्ला भेलाहरू लगातार भइहरेको सो पार्टीको भनाइ छ । नयाँ विधान अनुसार जिल्ला समितिलाई समायोजन गर्दै लगिएको कार्यवाहक महामन्त्री तथा सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

७. हेलिकप्टर उडानबारे क्यान
सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र र आसपास हेलिकप्टर नउडाउने प्रस्तावसहितको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । राष्ट्रिय निकुञ्ज, गाउँपालिका र स्थानीय सरोकारवालको अनुरोध भन्दै निकुञ्जले आगामी जनवरी १ देखि हेलिकप्टर नउडाउने निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई आग्रह गरेको थियो । तर क्यानले त्यसलाई नमान्ने भएको छ ।

८. साताको सेयर
समग्रमा यो साताको सेयर बजार परिसूचक १।९ प्रतिशतले घटेको छ । गत साता २७३४।९३ अंकमा रहेर बजार बन्द भएको थियो । हिजो बिहीबार २६८२।२९ अंकमा झरेको छ । यसरी साताभरमा बजार १।९ प्रतिशतले ओरालो लाग्यो ।

९. पुसमा फिल्मको अभाव
पछिल्लो समय नेपाली फिल्मको व्यवसाय उकालो लागेको छ । व्यवसाय बढेसँगै फिल्म निर्माण र चलचित्र घर पनि बढेको विभिन्न तथ्याङ्कले देखाउँछ । फिल्मको व्यवसाय र निर्माण बढेपछि फिल्मको प्रदर्शन बढ्नुपर्ने हो । तर, यो मंसिरमा झै आगामी पुसमा पनि रिलिज हुने फिल्मको अभाव देखिएको छ ।

१०. उच्च प्रभाव सामुदायिक विकास परियोजना
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग निर्माण गरिएको काठमाडौँस्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।

११. सुडान
 पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका छन् ।

१२. खेल समाचार
नेपाल प्रिमियर लिगको २२ औं खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप