१० बजे १० समाचार : केन्द्रीय समिति बैठकबाट माओवादी नेताहरूको कार्य विभाजनसहित यस्ता छन् प्रमुख समाचार
आज मिति २०८१ साल मंसिर महिनाको २८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमको सँगालो ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको आन्तरिक तयारीमा जुटेका छन् । सोही तयारी समेतका लागि परराष्ट्रमन्त्री डा।आरजु राणा ९देउवा० पुस ३ गते दिल्ली पुग्दैछिन् ।
हाल युरोपमा भ्रमणमा रहेकी राणा त्यतैबाट दिल्ली पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । पुस ५ गते दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स तय भएको छ ।
माओवादी बैठक
नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेताहरूको उचित कार्यविभाजन गर्ने निर्णय गरेको हो ।
पदाधिकारी तहकै नेताहरू जिम्मेवारी विहीन हुँदा संगठनको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै यसबारे थप गृहकार्य गरेर आउने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको सचिव गणेश साहले जानकारी दिए ।
एकीकृत समाजवादीको बैठक
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको छ । शुक्रबार बसेको बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल भएपनि कुनै निर्णय नभएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भयो तर निर्णय भएको छैन । भोलि शनिबार बिहान ११ बजे बस्ने बैठकमा पुन छलफल हुनेछ’, भट्टराईले भने, ‘वार्षिक कार्ययोजना बनाएर मात्रै नेताहरूको कार्य विभाजनमाथि छलफल प्रवेश हुन्छ ।’
सहकारी ठगी प्रकरण
मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङले बिहीबार उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
एनआरएनएलाई सर्वोच्चको पत्राचार
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ ९एनआरएनए०को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो ।
रास्वपा महाधिवेशनको तयारी
संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनको तयारीमा जुटिरहेको बताएको छ । रास्वपाले २०८२ वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको छ ।
जसअनुसार महाधिवेशनको तयारी स्वरूप जिल्ला भेलाहरू लगातार भइहरेको सो पार्टीको भनाइ छ । नयाँ विधान अनुसार जिल्ला समितिलाई समायोजन गर्दै लगिएको कार्यवाहक महामन्त्री तथा सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
हेलिकप्टर उडानबारे क्यान
सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र र आसपास हेलिकप्टर नउडाउने प्रस्तावसहितको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । राष्ट्रिय निकुञ्ज, गाउँपालिका र स्थानीय सरोकारवालको अनुरोध भन्दै निकुञ्जले आगामी जनवरी १ देखि हेलिकप्टर नउडाउने निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई आग्रह गरेको थियो । तर क्यानले त्यसलाई नमान्ने भएको छ ।
खेल समाचार
नेपाल प्रिमियर लिगको २२ औं खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।
साताको सेयर
समग्रमा यो साताको सेयर बजार परिसूचक १.९ प्रतिशतले घटेको छ । गत साता २७३४.९३ अंकमा रहेर बजार बन्द भएको थियो । हिजो बिहीबार २६८२.२९ अंकमा झरेको छ । यसरी साताभरमा बजार १.९ प्रतिशतले ओरालो लाग्यो ।
पुसमा फिल्मको अभाव
पछिल्लो समय नेपाली फिल्मको व्यवसाय उकालो लागेको छ । व्यवसाय बढेसँगै फिल्म निर्माण र चलचित्र घर पनि बढेको विभिन्न तथ्याङ्कले देखाउँछ । फिल्मको व्यवसाय र निर्माण बढेपछि फिल्मको प्रदर्शन बढ्नुपर्ने हो । तर, यो मंसिरमा झै आगामी पुसमा पनि रिलिज हुने फिल्मको अभाव देखिएको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
-
इसेवा र मोबाइल बैंकिङमा समस्या
-
राजधानीमा बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या प्रकरण : आरोपी नातेदार