गुल्मीमा फोर्स गाडी दुर्घटना, ६ जना घाइते

गुल्मी । गुल्मीमा शुक्रवार सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–१००१ ज १३८५ नं. को फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाडी सडकबाट २००–३०० मिटर तल खस्दा चालक सहित ६ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा चालक गुल्मी मुसिकोट नपा २ देउरालीका २४ वर्षीय दीपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गङ्गा भट्टराई घाइते भएका छन्। त्यस्तै गुल्मी रेसुङ्गा नपा–८ छापटोला बस्ने ३८ वर्षीय बसन्ती श्रीस, उनका छोरा ८ वर्षीय एक्सन श्रीस, उनका श्रीमान् ४५ वर्षीय नवीन श्रीस पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मी डीएसपी शंकर पोखरेलले घाइते नवीनको अवस्था गम्भीर रहेको रातोपाटीलाई बताए । अन्य घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा
-
विराटनगरमा इण्डो–नेपाल टी–२० क्रिकेटः होराइजन र प्रशान्त क्रिकेट क्लबबीच उद्घाटन खेल
-
२५ वर्षपछि एकैसाथ ठूलो पर्दामा फर्किँदैछन् सलमान–सञ्जय
-
फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नागरिकता वितरण सुरु
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’