५ दिनअघि हराएकी युवती धुलिखेलको जंगलमा मृत फेला
शुक्रबार, २८ मङ्सिर २०८१, २० : ३२

काठमाडौँ । काभ्रेको बनेपाबाट ५ दिनअघि हराएकी युवती धुलिखेलको जंगलमा मृत भेटिएकी छन् । २५ वर्षीया गीता हुमागाईंको शव धुलिखेल नगरपालिका–११ स्थित फस्कोट जंगलमा भेटिएको हो ।
रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिन बहादुर घलेले रातोपाटीलाई बताए ।
बनेपा नगरपालिका–१३ घर भएकी हुमागाईं मंसिर २३ देखि परिवारको सम्पर्कमा थिइनन् । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी घलेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म