देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प
शुक्रबार, २८ मङ्सिर २०८१, १९ : २८
![देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प](https://npcdn.ratopati.com/media/news/kp-oli_YgXwEeWARU.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गरेका छन् । बुढानीलकण्ठ नगरपालिकाको– १, २ र ७ नं. वडाको प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदानको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताए ।
“केही मान्छेको स्वार्थका कारण देश बन्न बन्न सक्दैन । देश अघि बढ्छ ”, उनले भने, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ । नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहन्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध
-
गण्डकी प्रदेशको समुन्नतिको यात्रा
-
साविक विजेता नेपालगञ्ज सेन्ट जेभियर्स र होप इन्टरनेशनलबिच उद्घाटन खेल
-
रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन् : प्रधानमन्त्री ओली
-
जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न
-
कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए