केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने माओवादीको तयारी, नवप्रवेशीलाई प्राथमिकता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेताहरूको उचित कार्यविभाजन गर्ने निर्णय गरेको हो ।
पदाधिकारी तहकै नेताहरू जिम्मेवारी विहीन हुँदा संगठनको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै यसबारे थप गृहकार्य गरेर आउने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको सचिव गणेश साहले जानकारी दिए ।
‘केही नेतामाथि धेरै जिम्मेवारी छ । केही नेता काम नपाएर बस्नुपर्ने अवस्था छ । पदाधिकारीकै कुरा गर्दा उपाध्यक्ष, उपमहासचिव, सचिवहरूले नै जिम्मेवारी पाएका छैनन् । नाम मात्रको पदाधिकारी भएर बस्नुपर्ने अवस्था छ’, सचिव साहले रातोपाटीसँग भने, ‘आजको बैठकमा अध्यक्षले सबैलाई उचित जिम्मेवारी दिने भन्नुभएको छ । त्यसमा गृहकार्य गरेर आगामी स्थायी समिति बैठकमा पेस गर्नुभन्नु भएको छ । पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकले कार्यविभाजन तोक्ला ।’
२२ जना पदाधिकारी रहेको माओवादीमा केहीले मात्र जिम्मेवारी पाएका छन् । यसैगरी विभिन्न पार्टीबाट आएका नेताहरूलाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने निर्णय भएको साहले बताए ।
‘विभिन्न पार्टीबाट आएका नेताहरू प्रवेश गरेका छन् । पार्टी एकताको कुरा पनि आएको छ । उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अब बस्ने बैठकमा छलफल हुन्छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन