कृषि प्राविधिकको विवरण उपलब्ध गराउन मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि प्राविधिकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै साबिकको एक गाविस एक कृषि तथा पशुसेवा प्राविधिक/कृषि स्नातक/पशु चिकित्सकको विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ को ‘एक गा.वि.स. एक कृषि तथा पशुसेवा प्राविधिक कार्यक्रम अनुसार एक गाउँ एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३’ तथा ‘एक गाउँ एक पशु सेवा प्राविधिक व्यवस्थापन कार्यविधि २०७३’ अनुसार कार्यरत कृषि प्राविधिक विवरण माग गरेको हो ।
साविकका गाविसहरू हालको जुन स्थानीय तहमा पर्दछ सोही स्थानीय तहमा कामकाज गर्ने गरी व्यवस्थापन भएका ‘एक गा.वि.स. एक प्राविधिक’ र चालु आर्थिक वर्षमा ‘कृषि स्नातक परिचालन कार्यविधि, २०८१’ अनुसार करारमा कार्यरत ‘कृषि स्नातक’ तथा ‘पशु चिकित्सक’ हरूको विवरण माग गरिएको मन्त्रालयको सो सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत