पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, कहिले आउँछ नतिजा ?
_zWtmWEw8z1.jpg)
काठमाडौँ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न शुक्रबार भएको मतदान सम्पन्न भएको छ ।
महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको हो ।
मतदान सम्पन्न भएसँगै प्रक्रिया अनुसार मतगणना सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतगणना आजै रातिदेखि सुरु गर्ने र यथासक्य छिटो अन्तिम मत परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
‘मतदान सकिएको छ । अव यथासक्य छिटो परिणाम सार्वजनिक गर्नेगरी हामी लागेका छौ’, केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले जानकारी दिए । मतगणना मतदान भएको स्थानमै हुनेछ ।
निर्वाचन समितिले शुक्रबार बिहान बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदानको समय तोकेको थियो ।
महासंघको केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवार बनेका छन् भने भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै