नेपालको समावेशी विकासमा सघाउन विश्व बैंकको बोर्ड बैठकबाट साढे १३ अर्ब स्वीकृत
![नेपालको समावेशी विकासमा सघाउन विश्व बैंकको बोर्ड बैठकबाट साढे १३ अर्ब स्वीकृत](https://rpcdn.ratopati.com/media/albums/world_bank_VKhDomORZl.jpg)
काठमाडौँ । विश्व बैंकको बोर्ड बैठकले नेपालको हरित र समावेशी विकास कार्यान्वयन गर्न १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ६२ करोड रुपैयाँ) स्वीकृत गरेको छ ।
अमेरिकाको वासिङ्टन डिसीमा बसेको बोर्ड बैठकले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार्ने लक्ष्यसहितका तीन वटा डीपीओ (विकास नीति सञ्चालन) का लागि उक्त रकम स्वीकृत गरेको हो ।
यो रकम नेपालको हरित तथा समावेशी र दिगो विकासमा खर्च हुने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले बताएका छन् । उनले भनेका छन्, ‘सहयोग सबै नेपालीका निम्ति दीर्घकालीन विकासको आधार र त्यसको दिगो संरक्षण गर्न सफल हुनेछ । यो परियोजनाले हरित, जलसुरक्षा, सिँचाइ, भूमिको प्रयोग, वन व्यवस्थापन, जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा सघाउने छ ।’
विश्व बैंकले सन् २०२१ देखि नेपालको वातावरणीय दिगोपन, हरित तथा समावेशी विकासको क्षेत्रमा परियोजना सञ्चालन गर्दै आएको छ । बेरोजगारी, महामारी, जोखिममा परेका सीमान्तकृत समुदायका लागि आर्थिक अवसर प्रदान गर्न परियोजनाले सघाइरहेको विश्व बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता