मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

भारतविरुद्धको तेस्रो टेस्ट खेलका लागि अस्ट्रेलियाको टोली घोषणा

शुक्रबार, २८ मङ्सिर २०८१, १६ : २२
शुक्रबार, २८ मङ्सिर २०८१

गाबा । अस्ट्रेलियाले भारतसँगको पाँच टेस्टको सिरिजको तेस्रो खेलका लागि टोलीको घोषणा गरेको छ ।

तेस्रो टेस्टका लागि टोलीमा एक परिवर्तन गरिएको छ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले तीव्र गतिका बलर जोस हेजलउड चोटपछि फर्किएको पुष्टि गरेका छन् । उनलाई स्कट बोल्याण्डको स्थानमा टोलीमा समावेश गरिएको छ ।

ब्रिसबेनको गाबामा हुने यो खेल निकै महत्त्वपूर्ण हुनेछ । अहिलेसम्म खेलेका दुई खेलमा दुवै टोली बराबरीमा छन् ।

पर्थमा भएको शृङ्खलाको पहिलो टेस्ट खेल भारतले जितेको थियो भने एडिलेडमा भएको दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो ।

दोस्रो टेस्ट खेल फ्लडलाइट मुनि गुलाबी बलले खेलिएको थियो । उक्त खेलमा भारतीय टोली १० विकेटले पराजित भएको थियो।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप