स्थायी समिति बैठकमा प्रचण्डको ब्रिफिङ– ओलीको चीन भ्रमण सफल देखिएन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीको चीन भ्रमणको क्रममा केही नयाँ सहमति नभएको निष्कर्ष निकालेको हो ।
बैठकको प्रारम्भ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबिच भएको १० बुँदे ‘बीआरआई फ्रेमवर्क’ सहमति आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएको योजनामा ओलीले सहमति गरेको बताएका थिए । ‘केपी ओलीजीको चीन भ्रमणमा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौता नयाँ होइन । त्यो म प्रधानमन्त्री हुँदा आगाडि बढाएको योजना हो । यसमा कुनै तात्त्विक फरक छैन । उहाँको भ्रमण सफल देखिएन’, प्रचण्डको भनाई उदृद्ध गर्दै उपमहासचिव हरिबोल गजुरेलले रातोपाटीलाई बताए ।
यस्तै प्रचण्डले ओली सरकार चौतर्फी अलोकप्रिय बन्दै गएको, देश र जनताको हितमा भन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको पुष्टि भएकाले सरकारविरुद्ध सशक्त रूपमा खबरदारी गर्न निर्देशन दिएको गजुरेलले जानकारी दिए । यसअघि २० गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले बीआरआई सम्झौताबारे अध्ययन गरेरमात्रै जवाफ दिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः