यो साता सेयर बजार १.९ प्रतिशत घट्यो, धेरै गुमाउनेमा जीवन बिमा कम्पनी

काठमाडौँ । समग्रमा यो साताको सेयर बजार परिसूचक १.९ प्रतिशतले घटेको छ । गत साता २७३४.९३ अंकमा रहेर बजार बन्द भएको थियो । हिजो बिहीबार २६८२.२९ अंकमा झरेको छ । यसरी साताभरमा बजार १.९ प्रतिशतले ओरालो लाग्यो ।
गएको साता समग्रमा बजार ०.५ प्रतिशतले घटेको थियो । सातामा पाँच दिन कारोबार हुँदा एक दिन मात्रै बजार बढ्यो भने चार दिन घटेको छ । यो साता सेयर किन्नेहरू कम देखिए ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेको थियो । सोमबार १२.८४ र मंगलबार ६.३२ अंकले बजार घट्न पुग्यो । बुधबार भने ४५.८८ अंकले बजार बढेको थियो । हिजो, बिहीबार पुनः ३३.४२ अंकले घट्न पुग्यो ।
यो साता कारोबार रकम पनि लगातार ओरालो लाग्यो । आइतबार ७ अर्ब ३५ करोडको कारोबार भएको थियो । सोमबार ५ अर्ब ५६ करोड, मंगलबार ४ अर्ब ३६ करोड, बुधबार ४ अर्ब ९५ करोडको कारोबार भयो । बिहीबार भने थोरै बढेर ६ अर्ब ८५ लाखको कारोबार भएको छ ।
यो साता उत्पादनबाहेक सबै उपसमूहका सूचक घटे । सबैभन्दा धेरै जीवन बिमा उपसमूहको सूचक घटेको छ । यो उपसमूह ५.८८ प्रतिशतले घट्यो भने फाइनान्स ३.२ प्रतिशत, बैंकिङ ०.९० प्रतिशत र हाइड्रोपावर १.९ प्रतिशतले घट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा कोरला नाकाबाट राजश्व सङ्कलन गर्न समस्या
-
अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी