भारत भ्रमणको तयारीमा जुटे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको आन्तरिक तयारीमा जुटेका छन् । सोही तयारी समेतका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा (देउवा) पुस ३ गते दिल्ली पुग्दैछिन् ।
हाल युरोपमा भ्रमणमा रहेकी राणा त्यतैबाट दिल्ली पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । पुस ५ गते दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स तय भएको छ ।
सो कन्फरेन्समा सहभागी हुने राणाले दिल्लीमै विदेशमन्त्री एस.जयशंकरलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतको भनाइ छ ।
भेटका क्रममा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा आवश्यक छलफल गर्ने बताइएको छ ।
परराष्ट्र स्रोतका अनुसार २०२५ जनवरीको पहिलो वा दोस्रो साताभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन गरी तयारी थालिएको छ ।
परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समेत समन्वय गरी आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ । ओलीको भारत भ्रमणको आन्तरिक गृहकार्य चल्दै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव त्यही कारण अहिले दिल्ली पुगेका छन् ।
यसअघि भारतले चासो नदिएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । दिल्लीले निमन्त्रणा दिएको भए प्रधानमन्त्री चीन भन्दा पहिले भारत भ्रमणमा जान्थे । तर उताबाट निमन्त्रणा नआएको कारण उनी चीन गएका थिए ।
उसो त प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्केलगत्तै आफू चाँडै भारत भ्रमणमा जाने बताउँदै आएका छन् । चीन जानुअघि पनि उनले आफू फर्के लगत्तै भारत भ्रमणमा जान अभिव्यक्ति दिएका थिए ।
परराष्ट्रमन्त्री आरजु चीन भ्रमणबाट फर्केको पर्सिपल्ट अर्थात् मंसिर २२ गते नेदरल्याण्ड उडेकी थिइन् । हेगको एक कार्यक्रममा सहभागी भएकी मन्त्री राणा युरोपका केही देशको भ्रमण गरेर उतैबाट भारतमा जान लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर
-
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
-
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष