ट्रोलरलाई राजेशको जवाफ
![ट्रोलरलाई राजेशको जवाफ](https://npcdn.ratopati.com/media/news/rajesh-magar_2WszsJWyd2.jpg)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका सिनियर खेलाडी राजेश पुलामी मगर सामाजिक सञ्जालमा निकै ट्रोल भएका थिए । विशेष गरेर पहिलो खेलमा १ रन बनाएर रनआउट हुँदा उनले देखाएको व्यवहारको कारण उनलाई निकै ट्रोल गरिएको थियो ।
त्यसपछि पनि उनले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । सुदूरपश्चिम विरुद्धको खेलमा उनले मात्र १५ रन जोड्न सके । टोली उक्त खेलमा ९० रनको भारी अन्तरले पराजित भएको थियो ।
लुम्बिनी लायन्सलाई २ विकेटले हराउँदा उनले ब्याटबाट ४ रनको मात्र योगदान दिन सके । बलिङमा उनले १ विकेट त लिए तर २ ओभरमा उनले २२ रन खर्चिएका थिए ।
शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा भने उनले शानदार प्रदर्शन गरेका छन् । उनले नटआउट रहँदै मात्र २० बलमा ३३ रन जोडे । यस क्रममा उनले १ चौका र ३ छक्का प्रहार गरे ।
सङ्कटपूर्ण स्थितिमा रहेको टोलीलाई उकास्दै उनले स्कोरलाई ५ विकेटको क्षतिमा १ सय ८१ रनसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिए ।
गर या मरको खेलमा महत्त्वपूर्ण योगदान दिएपछि यति बेला पुनः सामाजिक सञ्जाल उनको तस्बिर र पोस्टले रङ्गिएको छ । धेरैले उनको प्रशंसा गरिरहेका छन् । उनीसँग माफिनामाको मिमसमेत बनाएर पोस्ट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
-
'हाम्रा ४५ हजारभन्दा बढी सैनिकको मृत्यु भइसक्यो, म रुससँग वार्ता गर्न चाहन्छु'