जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटनमा उनले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धराशायी हुन नदिने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने बताए । उनले घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गरे ।
जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे । उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक