स्थायी समिति बैठक
स्थानीय तह उपनिर्वाचनले दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस र एमालेको योजना असफल बनायो : माओवादी
शुक्रबार, २८ मङ्सिर २०८१, १९ : ५८

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने नेपाली कांग्रेस र एमालेको योजनालाई असफल पारेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कांग्रेस र एमालेको योजनालाई असफल बनाएको निष्कर्ष निकालेको हो ।
‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजनालाई खण्डित गरेका छ । चुनावी नतिजाले अन्य कुरामा पनि सरकारमाथि दबाब सिर्जना गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यस्तै माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै माओवादीले आपत्ति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन