‘मिसेस भोग नेपाल’को अडिसन हुँदै
शुक्रबार, २८ मङ्सिर २०८१, १५ : १५
![‘मिसेस भोग नेपाल’को अडिसन हुँदै](https://npcdn.ratopati.com/media/news/mrs-vogue-nepal-2024_4lPsYhzC2Z.jpg)
काठमाडौँ । विवाहित, एकल महिला तथा एकल आमाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिता ‘मिसेस भोग नेपाल २०२५’को अडिसन शनिबार हुने भएको छ ।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न चाहने महिला लक्षित कार्यक्रम हाउस अफ फेसन गर्न लागेको हो । बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनको निर्णायकमा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा रिश्मा केसी रहेका छन् ।
मिसेस भोग नेपालको उपाधि जित्ने एक जना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्वीन इन्टरनेशनलमा सहभागिताको अवसर पाउने छिन् । यसबाहेक पाँच लाख रुपैयाँ बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसँग आबद्ध हुने तथा अन्य अवसरहरू प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै